प्रहरी ,सवारी धनी यात्रु सबैको दायित्व के हो ?

सरकारले पछिल्ला दिनहरुमा बढ्दो दुर्घटनालाई ध्यानमा राख्दै सवारी चालक मात्र नभई सवारी साधन गुड्ने बाटोमा खटिएका प्रहरी कर्मचारी, ट्राफिक प्रहरी लगायतलाई तत्काल छानवीन र कानुनी कारवाही प्रत्रिया सुरु गरेको छ ।
यो अभियानलाई निरन्तरता दिदै अँझै यसका लागि आवश्यक र जिम्मेवार निकायहरुसँग पनि छलफल चलाउनुपर्ने देखिइएको छ । दिनप्रतिदिन हुने विभिन्न खाले दुर्घटनाहरु न्यूनिकरणका लागि    गरिएका प्रयासहरुले केही हदसम्म दुर्घटना न्यूनिकरणमा सहयोग पुग्ने देखिएपनि , मुख्य गरेर नेपाल प्रहरी, सवारी धनी, यात्रु र ट्राफिक सवैले स्वच्छ र निश्पक्ष रुपमा काम सुरु गरेको खण्डमा ठूलो दुर्घटनाबाट बच्ने संभावना धेरै देखिन्छ ।
प्रथम त प्रहरीले सवारी संचालन निर्देशिका र नियमलाई कडाईका साथ पालना गर्नुपर्ने देखिन्छ । धरै यात्रुहरु बोकेका बसहरुलाई तत्काल कार्वाही गर्नुपर्ने देखिन्छ । सवारी धनीले पनि यात्रु थपेर रकमको लोभमा सडक जाँच गर्ने निकायहरुलाई रकम खुवाउँदै आफु मात्र बच्ने रकम कमाउने र यात्रुहरुलाई दुर्घटनामा पार्ने काम तत्काल बन्द गर्नुपर्छ । लामो सवारी साधनहरु चल्ने रुटहरुमा दुईवटा ड्राइभर अनिवार्य राख्नुपर्दछ ।
अव यात्रा गर्ने यात्रुहरुले पनि गाडीको सिट क्षेमता भन्दा बढी यात्रुहरु चढाएको थाहा पाउनेवित्तिकै नजिकैको प्रहरी चौकीमा खवर गर्नुपर्ने एउटा कर्तव्य हो भने सिट नभएका सवारी साधनहरुमा हतार गरेर चढ्ने प्रवृतीको समेत अन्त्य गर्नुपर्ने देखिन्छ । यस्ता कुराहरुको तत्काल कार्यान्वयन गर्दै कच्चि सडकहरुलाई तत्काल पक्कि गर्ने र सवारी साधनहरुको गति समिति गर्ने कार्यमा सरकारले चासो देखाएमा दुर्घटना धेरै मात्रामा न्यूनिकरण हुन सक्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार